आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

४, पुस काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिको बैठक आज बस्दैछ ।महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यव्यवस्था समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मुलन सम्बन्धी महासन्धी (सिडअ) को आधारभूत सिफारिस नम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ। यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि ११ बजे नै बस्नेछ। बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने कार्यसूची छ।