सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

१०, पुस काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । एमाले नेता गुरुङलाई हिजो कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो।

स्रोतका अनुसार पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरूको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।