
१३,पुस काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवी) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ ।त्रिवीले आज शनिबार त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको हो ।
त्रिवीका अनुसार समारोहमा यस पटक १४ हजार ३ सय आठ जना विद्यार्थी दीक्षित हुँदैछन् । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुँदै छन् ।स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तरतर्फ पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदै छन् ।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुन लागेका हुन् ।समारोहमा विभिन्न १७ वटा विधामा पुरस्कार वितरण पनि गर्ने त्रिवीले जनाएको छ ।
दीक्षान्त समारोहमा त्रिवीका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली,त्रिवीका सहकुलपति एवं शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई,वरिष्ठ कृषि वैज्ञानिक डा.रामप्रसाद यादवलगायत विद्यार्थी र उनीहरुका अभिभावकहरुको उपस्थिति रहने छ।
