१५, पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
तमु ९गुरुङ० समुदायको नयाँ वर्ष तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भका रूपमा रहेका भाषा, संस्कृति, वेशभूषा र संस्कारको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्त्वपूर्ण दायित्व भएको औँल्याए ।
तमुहरूको प्राचीन वर्षगन्तीको पात्रोअनुसार ऋतु परिवर्तन९पुस १५० को आधारमा नयाँ वर्षको गणना गर्ने परम्परा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सांस्कृतिक परम्परामा धनी तमु समुदायले सदियौँदेखि आफ्ना रीतिरिवाज, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आइरहेका बताएका छन् ।
