हेटौंडा-काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक १५ दिन बन्द हुने

२०, पुस हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग चखेल(मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ ।

मकवानपुरको महालक्ष्मी खोला-मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो ।

बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिकामा ५ का वडाध्यक्ष दुतराज तितुङले बताए ।