एमालेको केन्द्रीय कमिटी बैठक जारी

२१, पुस काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ ।

बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दियो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ ।

गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । सत्तारुढ भूमिकामा बस्न लागेको बैठकले कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षा गर्दैछ ।