अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह

२१, पुस सुनसरी । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् ।

आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार गठनका बेला भएको सहमतिअनुसारै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।

उनले सरकार गठन अघि भएको सहमतिमा काँग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे । सहमति अनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए।