
२२, पुस काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराई नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न माइतीघर मण्डलामा पुगेकी छन् ।
शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंलाई भेट्न मन्त्री भट्टराई सोमबार त्यहाँ पुगेकी हुन् । मन्त्री भट्टराईसँगै शिक्षा समितिका सभापति अम्मरबहादुर थापा पनि माइतीघर मण्डला पुगेका छन् ।
