शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई

२५, पुस काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छिन् ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताएकी हुन् ।

उनले भनिन्, “हालै सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले शैक्षिक संस्थामा बन्द, हडताल गर्न नपाइने निर्णय गरेको छ ।अन्य राजनीतिक दलबाट पनि यस्तै प्रतिबद्धता आएपछि शिक्षा क्षेत्र राजनीतिक प्रभावबाट मुक्त गराउन सकिन्छ ।

”शिक्षा क्षेत्रका सबै विषयलाई सम्बोधन गर्ने र संविधानले व्यवस्था गरेअनुरूप आधारभूत तहको शिक्षा अनिवार्य गर्न आफू लागेको बताउँदै उनले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा आफू रहेको जानकारी दिइन् ।