
२६, पुस काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा हालका राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दाहरूका साथै समसामयिक राष्ट्रिय विषयहरूबारे छलफल हुने जनाइएको छ ।
