मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह

२६, पुस काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गदैँ उनले यस्तो बताए हो ।

उपप्रधानमन्त्री सिंहले भने , ‘‘हाम्रो स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पनि यही हुनुहुन्छ । यसमा वर्कआउट गर्नका लागि हामीले के गर्न सकिन्छ त्यसमा ध्यान दिनेछौं भन्ने कुरा राख्न चाहान्छु । तपाईको संस्था गैरसरकारी भएको र नाफामुलक नभएको हुनाले पनि करमा अलिकति रिभाइज गरेर व्यवहारिक बनाउन सकियो भने नेपालको नेत्रज्योति संघले गरिरहेको कार्यमा टेवा पुग्ने भएको कारणले गर्दा हामीले त्यसमा ध्यान दिनु नै पर्ने हुन्छ । त्यसका लागि म अर्थमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसँग कुरा गरेर यसमा के गर्न सकिन्छ त्यसका लागि प्रयत्न गर्नेछु ।’’

नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने कर हटाउनुपर्नेमा उहाँको जोड छ । उहाँले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामुलक भएको उल्लेख गदैँ चश्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताए । उनले मेडिकल चश्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताए ।