मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी

२९, पुस ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताएका छन् ।

विज्ञान प्रवर्द्धनका लागि जापानी समाज ९जेएसपीएस०को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन ९एनजेएए० द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताए ।

कृषि क्षेत्रमा पुर्‍याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।