
२९ पुस,काठमाडौं ।सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ४ वटा अध्यादेश जारी भएका छन्।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका ५ वटा अध्यादेशमध्ये चार वटा अध्यादेश जारी भएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदश २०८१,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्तव (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्धि सम्बन्धि केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।
तर भूमिसम्बन्धी अध्यादेश भने,जारी भएको छैन ।राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार यो अध्यादेश अध्ययनकै क्रममा छ।

