
३, माघ काठमाडौ । हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो ।
बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका-५ का लोकेन्द्र रावतले जानकारी दिए । बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उनले बताए। सिमकोटमा परेको हिउँ जमिनमा जम्न सुरु भएको छ भने चिसो बढेको उनले बताए।
त्यसैगरि नाम्खा गाउँपालिकाका सबै वडामा पनि हिमपात सुरु भएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । लिमीमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।
