एमाले सचिवालय बैठक बस्दै

८, माघ काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बेलुका चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए । सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ ।