
९, माघ काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ ।
नेकपा एमालेको मंगलबार साँझ बसेको पार्टीको सचिवालय बैठकले विसं २०८२ भदौ २०,२१ र २२ गते ललितपुरको गोदावरी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो अधिवेशन गर्ने निर्णय गरेको एमालेको सचिवालयले जनाएको छ ।
यसअघि एमालेले २०७८ असोजमा विधान अधिवेशन गरेको थियो ।
