सुनको मूल्य तोलामा १९ सयले बढ्यो

९, माघ काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६० हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदी २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८९५ रुपैयाँ पुगेको छ ।