चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

९, माघ चितवन।चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन वटा संकायमा डीन नियुक्त भएका छन्।

विश्वविद्यालय कार्यकारी परिषद्ले कृषि संकायको डीनमा प्रा.डा.अर्जुनकुमार श्रेष्ठ,पशु विज्ञान,पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीनमा प्रा.डा.भूमिनन्द देवकोटा र वन संकायको डीनमा प्राध्यापक बासु पोखरेललाई नियुक्त गरेको हो।

यस्तै विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको निर्देशकमा प्रा.डा.निराजन भट्टराई नियुक्त भएका छन्।कृषि संकायका डीन श्रेष्ठ यसअघि सोही संकायका डीन थिए ।भने,पशु संकायका डीन देवकोटा स्नातकोत्तर तहको कार्यक्रम निर्देशक थिए ।वन संकायका डीन पोखरेल यसअघि नै सहायक डीन भएर कार्य गरिसकेका व्यक्ति हुन् ।अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. भट्टराईले यसअघि निरन्तर शिक्षा केन्द्रका निर्देशक भएर काम गरिसकेका थिए ।

विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलियाले राज्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने मुख्य कार्यभार विश्वविद्यालयसँग रहेको भन्दै त्यसबाट विचलित नभई काम गर्न डिन तथा निर्देशकलाई निर्देशन दिइन् । विश्वविद्यालयमा शैक्षिक वातावरण बनाउन सबैको सहयोग उत्तिकै आवश्यक रहेको पनि उनले बताइन् ।