
९ माघ, काठमाडौं ।साहसिक खेल र्याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्याफ्टिङ च्याम्पियनसिप– २०८१’ (अल्ट्रा र्याफ्टिङ म्याराथन) आयोजना गर्ने भएको हो ।परिषद्का अनुसार १६ र १७ माघमा प्रतियोगिता सञ्चालन गरिने छ ।
मनकामनाको फिस्लिङबाट देवघाटसम्म यो प्रतियोगिता चल्ने छ।परिषद्ले प्रतियोगितामा सहभागी हुनका लागि इच्छुक टिमलाई आह्वान समेत गरेको छ।
प्रतियोगितामा सहभागीले खेल सामग्री (लाइफ ज्याकेज, हेल्मेट, प्याडल, र्याफ्ट) सहित आफैं व्यवस्थापन गर्नुपर्ने परिषद्ले जनाएको छ।सहभागी टिमका सबै खेलाडी पौडी खेल्न जानेको हुनुपर्ने सर्त राखिएको छ।भने,मादक पदार्थ सेवन गर्न पाइने छैन ।
हरेक टिममा ७ जना खेलाडी हुनुपर्ने जनाइएको छ ।प्रतियोगिताका विजेताले नगद, मेडल र प्रमाणपत्र पाउने छन् ।
यसअघि र्याफ्टिङलाई साहसिक पर्यटकीय गतिविधिका रूपमा मात्र हेरिन्थ्यो ।
