यो सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

१०, माघ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका हुन् ।

‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरहेका छौँ’, उनले भने ।