
१०, माघ काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको भएको बताएका छन् ।
नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्नेमा सरकारको तर्फबाट २० हजार बढीले काम नपाउने थापाले दाबी गरे ।
बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले भने, ‘४ लाख ८० हजार मानिस बाँकी रहन्छ। काम कहिल्यै पनि सरकारले दिन सक्दैन । काम भनेको जहिले पनि निजी क्षेत्रले दिन्छ,’ थापाले भने,‘ संसार भरी यही हो । सरकारले काम दिन्छु काम दिन्छु भनेको कसैले नपत्याउनुस्।’ सरकारले रोजगारी सिर्जनाका लागि वातावरण बनाउने उनले बताए।
दक्ष जनशक्ति हुन उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उनले सुनाए । बजारलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने थापाले बताए ।
