प्रधानमन्त्री ओलीले बालुवाटारबाटै गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

११, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् । स्वास्थ्यमा समस्या आएर त्यहाँ जान नसकेपछि अ‍ोलीले बालुवाटारस्थित सरकारी निवासबाटै सम्बोधनसहित भवनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।