
१२, माघ तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् ।
उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ ।
