पत्रकारितामा युवाको आकर्षणसँगै चुनौती बढेको छ : अध्यक्ष शर्मा

१२, माघ काठमाडौं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा युवापुस्ताको आकर्षणसँगै चुनौती पनि थप भइरहेको बताएकी छिन् । अध्यक्ष शर्माले पत्रकारिता क्षेत्रको सुदृढीकरण अहिलेको आवश्यकता रहेको बताइन् ।

शनिवार पत्रकार महासङ्घ मकवानपुरको नियमित कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सामाजिक सञ्जाल र न्यु मिडियाहरूको आगमनसँगै पत्रकारिताको प्रकाशन तथा प्रसारणका सामाग्रीहरू कमजोर बनेको बताइन् । कन्टेन्टहरू परिमार्जन गरी आम पाठक तथा दर्शकहरूको आवश्यकता अनुसारको व्यावसायिक पत्रकारिताको आवश्यकता रहेको उनले बताइन् ।