
१३, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेर आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबारमा चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।
