
१३, माघ काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । मुख्य सचेतक महेश बर्तौलाले १५ माघको दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने जानकारी दिए ।
बर्तौलाका अनुसार संघीय संसद् अधिवेशन अधिवेशन सुरु हुनअघि तयारीका लागि दलको बैठक बस्न लागेको हो । १८ माघबाट संसद् अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
