सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१४, माघ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।