भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय

१४, माघ काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतको बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो ।

बर्तौलाका अनुसार आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ । आगामी माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।