सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह

१६, माघ तनहुँ । तनहुँको व्यास नगरपालिका-८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिद पार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् ।

सहिद दिवसको अवसरमा आज पुलिमराङ आइपुगेका राष्ट्रपति पौडेललाई ज्ञापन पत्र बुझाउँदै समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।