
१९, माघ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन् ।
बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । साथै उनले सार्वजनिक निजी क्षेत्र साझेदारीबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
मन्त्री पाण्डेले लगानीको वातावरण सरकार लागिपरेको उल्लेख गर्दै अधिकभन्दा अधिक पर्यटक भित्र्याउन पर्याप्त भौतिक पूर्वाधार आवश्यक भएको बताए । पर्यटकीय पूर्वाधार निर्माणका निम्ति सरकारले निजी क्षेत्रलाई सहयोग गरिरहेको बताए ।
