प्रेस चौतारी भक्तपुरमा आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२४, माघ काठमाडौं । प्रेस चौतारी नेपालको भक्तपुर जिल्ला शाखामा आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

बिहीबार सम्पन्न पाचौं अधिवेशनको बन्द सत्रले आशिष पौडेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको  निवर्तमान अध्यक्ष हेमराज ढकालले बताए।

नवनिर्वाचित अध्यक्ष पौडेल निवर्तमान कार्यसमितिका सचिव हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा फोटो पत्रकारको रुपमा कार्यरत छन् ।

यस्तै उपाध्यक्षमा राजकुमार लामिछाने र  मिना घोरासाइने निर्वाचित भएका छन् । सचिवमा नारायण थापा,सह-सचिवमा संगम लामा,विपना मुसिख्वाल र कोषाध्यक्षमा सिर्जना खतिवडा पनि सर्वसम्मत चयन भएका छन् । 

कार्यसमितिको सदस्यहरुमा देवेन्द्र प्रजापति,सिला थापा,सुस्मिता धिताल र नवराज काफ्ले  सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष  ढकालले बताए ।