सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न कार्यकर्ताहरूलाई मन्त्री राणाको निर्देशन

२६, माघ काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा। आरजू राणा देउवाले सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएकी छन् ।

शुक्रबार नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको धनगढीमा उद्घाटन गर्दै परराष्ट्र मन्त्री राणाले काँग्रेसका नेता कार्यकर्ता मेहनती इमान्दार भएको चित्रण गर्दै सामाजिक सञ्जालको लाइक र शेयरमा ध्यान दिन भनेकी छन् ।

‘फेसबुकको लाइक शेयर तपाईँहरू नकारात्मक कुराको नगर्नुहोस् । सबैको फेसबुक म हेर्ने गर्छु, दुई तीन महिनामा मेरो एउटा टोली छ सबैको फेसबुक हेर्नुहोस् भन्छु’, उनले भनिन्, ‘कुनचाहिँ मान्छेको के मानसिकता रहिछ त्यहीबाट देखिन्छ । ’

पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘देशमा केही नभएको होइन धेरै काम भएको छ । बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुँदै गइरहेको छ ।’