
२७, माघ काठमाडैं । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्ने तय भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
