सिंहदरवारभित्र भएको आगलागीको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

२७, माघ काठमाडौं । शनिबार सिंहदरवारभित्र भएको आगलागीको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा सांसदले सिंहदरवार भित्रै रहेको खानेपानी मन्त्रालयमा शनिबार भएको आगलागीको कारण र क्षतिको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले सिंहदरवारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागी हुनुको कारणबारे संसद्लाई जानकारी गराउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।उनले भने, ‘सभामुख महोदय, हिजो बिहान सिंहदरवार स्थित खानेपानी मन्त्रालयमा आगलागी भयो । नेपालको राज्य सञ्चालनको केन्द्र खानेपानी मन्त्री प्रदिप यादव ज्यूको कार्यकक्षमा आगलागी भयो ।

यसले हामीलाई हाम्रो सुरक्षा, हाम्रो संवेदनशीलता र हाम्रो सचेतनाप्रति प्रश्न उठाएको छ । यो कसरी भयो रु यो कसरी यस्तो घटना हुन पुग्यो भन्ने विषय मलाई लाग्छ यो संसद्लाई जानकारी भयो भने यसले एउटा राम्रो सन्देश जान्छ भनेर ध्यानाकर्षण गर्दछु ।’

यस्तै पूर्वमन्त्री समेत रहेका नेकपा ९माओवादी केन्द्र०का सांसद हितबहादुर तामाङले पनि सिंहदरवारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागीको कारण र त्यसबाट पुगेको क्षतिबारे सरकारले सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराए ।