प्रेस चौतारी एसोसियट प्रदेश समितिको अध्यक्षमा पुन: श्रीहरि थापा चयन,श्यामसुन्दर पुडासैनी राष्ट्रिय पत्रकारिता पुरस्कार शर्मालाई

सीता पौडेल

८ फागुन,काठमाडौं । प्रेस चौतारी नेपाल एसोसियट प्रदेश समितिको अध्यक्षमा पुन: श्रीहरि थापा चयन भएका छन् ।
सो प्रदेशको बुधबार काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनबाट थापाको नेतृत्वमा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । 

समितिका नवनिर्वाचित उपाध्यक्षमा रघुनाथ सापकोटाका अनुसार समितिले हरेक वर्ष प्रदान गर्नेगरि यस वर्षबाट १५ हजार ५ सय ५५ राशीको स्वर्गीय ‘श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार दिन शुरु गरेको छ।२०८१को सो पुरस्कार अनलाइनखबरमा आबद्ध पत्रकार विष्णु शर्मालाइ प्रदान गरिएको उनले बताए ।

उक्त अधिवेशनबाट अध्यक्ष थापासहित उपाध्यक्षमा रघुनाथ सापकोटा र स्वस्तिका थापा चयन भएका छन् ।भने,महासचिवमा मनोज न्यौपाने र कोषाध्यक्षमा विक्रम सुनार सर्वसम्मत चयन भएका छन्।

यसैगरी सचिवमा अजमत अली,रामजी बलामी,रमिता छुजु,सबिका श्रेष्ठ र दीपक सुनार चयन भएका छन्।भने सदस्यहरूमा केशवराज थोकर,अशेष अधिकारी,वन फुयाँल,विज्ञान लोहनी,नवराज भण्डारी,विगेन तुलाधर,राजेन्द्र प्रजापती, प्रवीण किराँती र विन्दु अधिकारी चयन भएका छन्।

त्यसैगरि नवीन गिरी,रुपक केसी,तेज नारायण महर्जन,सुप्रिया मुडभरी,बलराम बुढाथोकी,हर्कबहादुर श्रेष्ठ, कमल प्रसाईँ,शुष्मा लामा,अमिशा रिसाल,पूर्णिमा शाक्य,आशिष पौडेल र प्रतिमा मुडभरी पनि सर्वसम्मतमै सदस्य चयन भएका छन् ।

सो अधिवेशनको उद्घाटनसत्रमा समितिबाट पत्रकार महासंघका विभिन्न तहमा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै कदरपत्र प्रदान गरिएको थियो।

 

कार्यक्रममा एपीवान टेलिभिजनमा कार्यरत पत्रकार एलिजा लामिछानेलाई प्रेसचौतारीको संगठित सदस्यमा स्वागत गरिएको थियो ।