नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्छौं : मन्त्री खड्का

८, फागुन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै उले यस्तो बताएको हो ।

उनले सरकार स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी लक्ष्य हासिल गर्न गम्भीर रहेको बताए । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएको जानकारी दिए ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा पेश भएको र विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित गराई ऐनको रुप दिने कार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताए ।

विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रुपान्तरणको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नयाँ सङ्गठनमा रुपान्तरण गर्न र नयाँ सन्दर्भमा यसको भूमिका सुनिश्चित गर्न ठोस कानुनी आधार स्थापना गर्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे ।