नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी

९, फागुन काठमाडौं । नेपाल टेलिकममा विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलेको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो । आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ ।

आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।