देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल

११, फागुन निजगढ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति रहेको बताएका छन् ।

नेपाल जेसिजले बाराको सिमरामा आयोजना गरेको ‘लोम लिडर्स एकेडेमी २०२५’ को उद्घाटन समारोहमा उहाँले पर्याप्त युवा जनशक्ति भएर पनि देश आर्थिक विकास र पूर्वाधार निर्माणको पक्षमा पछि परेकामा चिन्ता व्यक्त गरे । मन्त्री पौडेलले परनिर्भरताको मनोविज्ञानलाई त्यागेर देशभित्रै भएको शक्तिलाई प्रयोग गर्ने सामथ्र्य विकास गर्नु अपरिहार्य भइसकेको बताए ।

‘युवा जनशक्तिको गन्तव्य अन्य देश हुनु अहिलेको जटिल समस्या हो । युवालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु उद्यमशीलतामा जोड दिनुपर्छ ।

यसका लागि व्यवसायमैत्री नीति बनाएर विदेशी लगानी भित्र्याउने, स्वदेशको रकम स्वदेशमै लगानी गर्ने र युवा जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना गर्नतर्फ सबै गम्भीर भएर लागौँ”, उनले भने ।