राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा

११, फागुन सुदूरपश्चिम । कैलालीको गौरीगंगामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार हुने खेलमा कोशी प्रदेशको फुटबल टोली अनुपस्थित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

कोशीको टोली अनुपस्थितभएसँगै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लब अन्तिम चारमा पुगेको छ । लुम्बिनीले अब फाइनलका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको फुटबल टोलीबीच हुनेछ । छ । प्रतियोगिताको विजेताले रु. पाँच लाखसहित ट्रफी पाउने छ भने उपविजेताले रु। दुई लाख ५० हजारसहित ट्रफी मेडल पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु। ५० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र फेयर प्ले टोलीलाई जनही रु। १५ हजार पुरस्कार दिइने आयोजक गौरीगंगा-११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।