
१३, फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग गरेका छन् ।
‘धुलिखेलमा भएको बस दुर्घटना र देशैभरी हुने यस प्रकारको सवारी दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले निसर्त निःशुल्क गर्ने प्रवन्ध गर्न पनि आग्रह गर्न चाहन्छु’, मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले भने ।मंगलबार बिहान धुलिखेलमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
यो विषय संसदमा अन्य सांसदहरूले पनि उठाएका छन् । नेपालमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको उपाय खोज्न सरकारलाई आग्रह गरेका छन्
