बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालले माग्यो ३० कर्मचारी,दरखास्त आह्वान

सीता पौडेल (अर्चना)

१८ फगुन,काठमाडौंं ।बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालले ३० जना कर्मचारी माग गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो अस्पताललाई ३० जना कर्मचारी अवश्यक परेको जनाएको हो ।

उक्त सूचनामा इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

मेडिकल अधिकृत,स्टाफ नर्स,ल्याब टेक्नेसियन,रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान भएको छ । छनौट भएकाहरुलाई हुने करारमा नियुक्ति दिने पनि सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :