भेरीगंगाका वडाध्यक्ष आग्रीको निधन

१९, फागुन काठमाडों । सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।

क्यान्सर उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थियो । परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको मिर्गौलामा समस्या थियो । आग्री नेपाली कांग्रेसबाट २०७९ मा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।