
१९, फागुन काठमाडों । प्राध्यापक पी। खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ आज एक समारोहबिच लोकार्पण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, प्राध्यापक खरेल, डा. टङ्क उप्रेती, डा. श्रीराम पौडेलसहितले सो पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए । रेक्टर प्राडा. खड्ग केसीले प्राध्यापक खरेलको लेखकीय क्रियाशीलता, लगनशीलताबाट अरुलाई उत्प्रेरणा मिलिरहेको बताए ।
प्राध्यापन पेशामा खरेल एक ‘आइकन’ रहनुभएको चर्चा गदैँ रेक्टर केसीले सार्वजनिक भएको पुस्तकले अध्ययन, अध्यापनमा अनुशासनको पाठ सिकाउने विश्वास व्यक्त गरे ।अध्ययन, अध्यापनका लागि पुस्तक उपयोगी रहेको उनले चर्चा गरे । लेखक तथा प्राध्यापक पी. खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताए ।
आफूलाई मन पर्ने पुस्तकको अध्ययन गर्ने र विचारहरु प्रवाह गर्न आफू नियमित लेख, रचना तथा पुस्तकहरु प्रकाशन गर्नेगरेको उनले चर्चा गरे । पुस्तकले पाठकलाई थोरै भए पनि विचार निर्माण र अध्ययनमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
