सुनको मूल्य तोलामा १४ सयले बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

२०, फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेर १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।