थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

२१, फागुन काठमाडौं । काठमाडौंको थापाथली चोकनजिक मंगलबार बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतको कार्य आज बिहान सकिएको छ । मंगलबार बिहान पाँच बजेतिर फुटेको पाइप २४ घण्टापछि मर्मत गरिएको हो ।

प्राविधिक टोलीले फुटेको पाइपलाइन मंगलबार दिउँसोदेखि मर्मत कार्य सुरु गरी आज बिहान ४ बजे सम्पन्न गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिए । पाइप मर्मत र जडानको काम बिहान आज ४ मात्रै काम सकियो । चुहावट परीक्षण गर्न भल्भ र वाशआउट भल्भको व्यवस्था गरिएको छ । उक्त कार्यको सफल परीक्षणपश्चात आजै पानी वितरण पुनस् सुरु गर्नेछौं’, उनले भने ।

मंगलबार बिहानै पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथलीको सडकमा पाँच लाख लिटर पानी खेर गएको थियो ।