
२४, फागुन काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुनसक्ने बताएकी छन् । शनिबार काठमाडौँमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै राणाले ठुला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो ।
उपसभामुख रानाले पुरुष र नारी दुवै मिले मात्रै परिवर्तन सम्भव रहेको जिकिर गरिन् । उपसभामुख रानाले भनिन्, ‘हामीले ठुलो ठुलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरू एकताबद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ ।
सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’यसै गरी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताइन् । कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको उनको भनाई थियो ।
यसै गरी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताइन् । कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको उनको भनाई थियो ।
