
२५, फागुन काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।
