सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

६, चैत काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।