सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका लागि संसदीय समिति पठाइयो

६, चैत काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

बुधबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।