
८, चैत काठमाडौं । दलितको घरमा डोजर लगाइएको घटनाबारे संसदीय छानबिनको माग आएको छ ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गरेका हुन् । सांसद भुवनबहादुर सुनारले घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र आयोजक बजरंगी बाबा फरार रहेको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गरे । साथै यो घटनामा संसदीय छानबिन हुनुपर्ने बताए ।‘उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न बेजोड माग गर्दछु,’ उनले भने ।
सांसद मदनकुमारी शाह गरिमाले जातीय छुवाछुतमुक्त मुलुक घोषणा भएको १८ वर्ष हुँदा समेत यस्ता घटना हुनु दुस्खद् रहेको बताए । यो घटनामा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए । सांसदहरू गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, तुल प्रसाद विश्वकर्मा लगायतले पनि यो घटनामा सरकारको ध्यानाकर्षण गरेका थिए ।
